देशभर ४७ जना कोरोना संक्रमित थपिए
देशभर पछिल्लो २४ घण्टामा ४७ जना कोरोना संक्रमित थपिएका छन्।
देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ५ सय ३५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षण गर्दा देशभर थप ४७ जनाको कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको छ। त्यस्तै, गएको २४ घण्टामा देशभरबाट थप ६२ जना संक्रमणमुक्त भई घर फर्किएका छन्।
यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ८ सय १७ रहेको छ।
गएको २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको । क्वारेनटिनमा ५५जना रहेका छन्।
२२ फागुन २०७७, शनिवार १७:४८ बजे प्रकाशित













