बझाङबाट २ फरार प्रतिवादी पक्राउ

बझाङबाट २ जना फरार प्रतिवादीलार्ई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको फरार मष्ट गाउँपालिका २ बस्ने झिल्के बुढा रजयपृथ्वी नगरपालिका ३ बस्ने सुपारी सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

बुढा गाली बेइज्जती मुद्दामा २०६४ सालदेखि फरार थिए भने सुनार सार्वजनिक अपराधमा संलग्न भई २०७२ सालदेखि फरार रहेकी थिइन् । उनीहरु दुवै जनालाई शुक्रबार पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानकारी गएको छ ।


२१ फागुन २०७७, शुक्रवार १५:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु