नोभा अस्पतालद्वारा ५ शैयाको आईसीयू सेवा सञ्चालन
कैलालीको धनगढी स्थित नोभा अस्पतालले आईसीयू सेवा सञ्चालनमा ल्याएको छ।
नेपाल चिकित्सक दिवसको अवसरमा बिहीबारदेखि अस्पतालले ५ शैयाको सघन उपचार कक्ष आईसीयू सेवा सञ्चालनमा ल्याएको अस्पतालको कार्यालयले जनाएको छ।
भेन्टिलेटरसहित आईसीयू सेवा सञ्चालन गरिएपछि गम्भीर प्रकृतिका विरामीको उपचारमा सहजता हुने विश्वास अस्पतालले गरेको छ।
२१ फागुन २०७७, शुक्रवार १४:४९ बजे प्रकाशित













