सरकार र विप्लव पक्षबीच सहमति पत्रमा हस्ताक्षर
नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच सहमति पत्रमा हस्ताक्षर भएको छ।
शुक्रबार सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट खड्ग विश्वकर्माले हस्ताक्षर गरेका हुन ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन गरेको थियो।
विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीसहितको सहमति भएको थियो।
सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र विप्लव नेकपाबाट विश्वकर्मा र दीपक चलाउने सहभागी भएका थिए।
२१ फागुन २०७७, शुक्रवार १५:३८ बजे प्रकाशित













