कञ्चनपुरमा चरेस सहित एक महिला पक्राउ

कञ्चनपुरमा लागुऔषध चरेस सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको बेदकोट नगरपालिका वडा नं १ दैजी बजारमा खोका पसल सञ्चालन गर्दै आएकी ४३ वर्षीया पार्वती बोहरालाई लागुऔषध चरेस सहित प्रहरीले पक्राउ गरेको हो ।

उनको पसलवाट लुकाई छिपाई राखेको २ सय ९३ ग्राम चरेश फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हो । उनी माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।


२० फागुन २०७७, बिहीवार १३:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु