प्रचण्ड – नेपाल समूहले केन्द्रीय सदस्यलाई पेरिसडाँडामा बोलायो
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड – नेपाल समूहले आज पनि केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडामा रहेको पार्टीको केन्द्रीय कार्यालयमा बोलाएका छ ।
प्रतिनिधिसभा बैठकको मिति नजिकिदै गर्दा राजनीतिक दलहरु आन्तरिक छलफलका लागी प्रचण्ड – नेपाल समूहले केन्द्रीय सदस्यलाई पेरिसडाँडामा बोलाएका हो ।
हिजो मात्र केन्द्रीय कमिटी बैठक गरेको प्रचण्ड–नेपाल पक्षले आज फेरि उपत्यकामा उपलब्ध आफ्ना केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडा बोलाएको हो ।
केहीबेरमा काठमाण्डौ उपत्यकामा रहेका केन्द्रीय सदस्यलाई भेला हुन भनिएको प्रचण्ड–नेपाल समूहका नेताहरुले बताए ।
२० फागुन २०७७, बिहीवार १३:०२ बजे प्रकाशित













