१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एकजना पक्राउ
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एकजना प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखड बस्ने १९ वर्षीय प्रलब बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको होे।
बुधबार दिउँसो किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२० फागुन २०७७, बिहीवार १२:४८ बजे प्रकाशित













