धनगढीबाट हराएका बालक भेटिए

कैलालीको धनगढीको भन्सार रोडबाट आइतबारदेखि बेपत्ता भएका बालक सम्पर्कमा आएका छन् ।

स्थायी घर बाजुरा भई परिवारसंगै धनगढीस्थित भन्सार रोडमा बस्दै आएका १२ वर्षीय आदर्श बिष्ट आइतबार बेलुका ५ बजेदेखि बेपत्ता भएका थिए ।

बालक हराएपछि छोराको खोजीका लागि आमा सीता बिष्टले जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिनुका साथै सञ्चार माध्यममा पनि समाचार आएपछि उनी सम्पर्कमा आएका हुन् ।

उनी आज (मङ्गलबार) विहानै घर फर्किएको उनकी आमा सीताले जानकारी दिइन् । उनका अनुसार बालकले आफूलाई कसैले काममा लगाइदिन्छु भनेर धनगढी बसपार्कबाट लिएर गएको बताएका छन् । यद्यपि उनलाई कसले लिएको हो भन्ने बालकले खुलाउन सकेका छैनन् ।


१८ फागुन २०७७, मंगलवार ०९:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु