Hotel Flora Long Ad

सुनको मूल्य आज ह्वात्तै घट्यो, कति छ तोलाको ?

सुनको मूल्य आज ह्वात्तै घटेको छ । सुन आज आज तोलामा एक हजार सात सय रुपैयाँ घट्दै प्रतितोला ८७ हजार कायम भएको छ ।

सुन हिजो प्रतितोला ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ९० कयम भएको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


१८ फागुन २०७७, मंगलवार ११:२२ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु