बाघको आक्रमणबाट बर्दियामा एक पुरुषको मृत्यु
बर्दियामा भैँसी चराउन गएका एक पुरुषको बाघको आक्रमणबाट मृत्युु भएको छ ।
बर्दिया राजापुर १० का लालबहादुर थारुलाई भैँसी चराउन गएका बेला बाघले बाघले झम्टिएर लगेको प्रहरीले जनाएको छ ।
हात्तीको सहारामा उनको खोजी गरिएको राति नै उनको शव फेला परेको लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले बताए ।
यसअघि पुस १७ गते बर्दियामा एक महिलालाई मोटरसाइकलमा यात्रा गर्दै गरेका बेला पछाडिबाट झम्टिएर लगेको थियो ।
१८ फागुन २०७७, मंगलवार ०८:४९ बजे प्रकाशित












