भारतमा २४ घण्टामा साढे १५ हजार बढीमा संक्रमण

भारतमा १ करोड ११ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १५ हजार ६१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ११ लाख १२ हजार ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १०८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार १९५ पुगेको हो ।

पछिल्लो तथ्यांक अनुसार भारतमा १ करोड ७ लाख ८४ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् । यो संगै भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ७० हजार २९३ छ ।


१७ फागुन २०७७, सोमवार १०:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु