८७ वर्षीय बृद्धद्वारा १३ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार !
गोरखाको गण्डकी गाउँपालिका ४ का ८७ वर्षीय एक पुरुषले १३ वर्षकी बालिकालाई पटकपटक बलात्कार गर्दै आएको खुलेको छ।
बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले सोधखोज गर्दा गोठालो गएका बेला आफू बलात्कृत भएको पीडित बालिकाले बताएकी छन्।
केदारप्रसाद देवेकाटाले बलात्कार गरेको भन्दै बालिकाकी ठूलीआमाले जाहेरी दिएको प्रहरी प्रमुख एसपी गुरुङले बताए।
शनिबार गोठालो गएका बेला देवकोटाले तेस्रोपटक बलात्कार गरेको उजुरी परेको छ। प्रहरीले देवेकाटालाई पक्राउ गरेको छ ।
१७ फागुन २०७७, सोमवार ०९:४७ बजे प्रकाशित












