भन्सार छलेर ल्याइएका अवैध कुखुरा र अण्डा बरामद
कञ्चनपुरमा भारतबाट भन्सार छलेर नेपाल ल्याइएका अवैध कुखुरा र अण्डा प्रहरीले बरामद गरेको छ।
जिल्लाको बेलारी नगरपालिका – टेडुवाबाट ३० हजार बराबरको १५० किलो बोइलर कुखुरा र वडा नम्बर १ फटैयाबाट १२ हजार बराबरको २१ क्रेट अण्डा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी गराए ।
दुवै गरेर ४२ हजार बराबरको अवैध कुखुरा र अण्डा उद्योग वाणिज्य संघ, पत्रकार तथा पशु क्वारेन्टिनको रोहबरमा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक क्षेत्रीले जानकारी गराए।
९ फागुन २०७७, आइतवार १५:२७ बजे प्रकाशित































