punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालले भारत संग खरिद गरेको १० लाख खोप काठमाडौं आइपुग्यो

Chaupati
safha napa

नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप काठमाडौं आइपुगेको छ

। सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज खोप एयर इन्डिया दिल्लीको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौताअनुरुप पहिलो खेपको खोप आएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार खोपको दोस्रो खेप पनि फागुन २३ गते अगावै आउने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतबाट आएको खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरिने छ। त्यसपछि फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि सातै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने छ।


९ फागुन २०७७, आइतवार १५:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु