चितुवाको छालासहित बझाङमा एक जना पक्राउ

चितुवाको छालासहित बझाङमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिवार राति जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ८ मसनिसेरा भन्ने स्थानबाट चितुवाको १ थान छालासहित स्थानीय दासपालामा बस्ने ४० वर्षीय रधुबीर बोहरालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार चितुवाको छाला बोकी हिँडिरहेको भन्ने खबर प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको प्रहरीले बोहरालाई छालासहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।


९ फागुन २०७७, आइतवार १३:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु