punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डा.बावुराम भट्टराई उपचारको लागि नयाँदिल्ली प्रस्थान

Chaupati
safha napa

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । उनी नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली गएको उनको सचिवालयलले जानकारी दिएको छ । लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका भट्टराई पेट सम्बन्धी समस्याबाट पीडित छन् ।

अहिले चिकित्सकहरुले न्युरो – इन्डोक्राइनको ट्युमर भएको आशंका गरेकाले डा. भट्टराई उपचारका लागि दिल्ली गएका हुन् ।

उनको भारतको ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार हुने सचिवालयले जानकारी दिएको छ ।


९ फागुन २०७७, आइतवार १३:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु