नेकपा प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेता आलम पक्राउ
नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका विद्यार्थी नेता वसिम आलमलाइ प्रहरीले पक्राउ गरेको छ ।
अनेरास्ववियू संहसंयोजक रञ्जित तामाङका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको विराटनगर आमसभामा कालो झण्डा देखाएको भन्दै प्रहरीले उनीसहित केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर विमानस्थलबाट ओली पक्षको आमसभातर्फ कालोझण्डा देखाउँदै जान थालेपछि प्रहरीले पक्राउ गरेको हो। अरु कुन– कुन नेतारकार्यकर्ता पक्राउ परे भन्ने विषयमा जानकारी लिइरहेको उनले जानकारी गराए ।
८ फागुन २०७७, शनिवार १५:०४ बजे प्रकाशित













