बाजुरामा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

बाजुरामा चोरी मुद्दाका फरार अभियुक्तलाइ प्रहरीले पक्राउ गरेको छ। जिल्लाको बुढीनन्दा नगरपालिका ८ पाण्डुसैनका गोविन्द्र सुनार लाई प्रहरीले पक्राउ गरेको हो।

सुनारलाई सोमबार पक्राउ गरि मंगलबार जिल्ला अदालतमा पेश गराएकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

यसअघि उनलाई जिल्ला अदालत बाजुराले ३० दिनको कैद सजाय सुनाएको प्रहरीले बताए।

 


५ फागुन २०७७, बुधवार १३:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु