कोरोना सङ्क्रमण नभए सँगै धनगढीको कोरोना अस्पताल रित्तियो

सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीस्थित सेती अस्पतालको कोरोना अस्थायी अस्पतालमा बिरामीको स्ांख्या रित्तिएको छ ।

केही महिना अगाडिसम्म कोरोना सङ्क्रमितले धेरै हुने अस्पताल अहिले रित्तिन थालेको हो । नयाँ सङ्क्रमण दर घटेपछि अस्पताल खाली भएको अस्पताल जनाएको छ ।

कोरोना भाइरसले महामारीको रुप लिएको बेला प्रदेश सरकारको लगानीमा ५० शैयाको अस्थायी अस्पताल निर्माण गरिएको थियो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो समय कोरोना सङ्क्रमण र परीक्षण दर घटेसंगै अस्पताल रितै छ ।

सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४७ वटा नमूना परीक्षण भएको छ । जसमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी गराए ।


४ फागुन २०७७, मंगलवार ११:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु