प्रधानमन्त्रीमा समर्थन गर्ने शर्तमा मात्रै ओली एकताका लागि तयार भएका थिए : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुमै पार्टी एकतामा लागि तयार नभएका प्रधानमन्त्री ओलीले अहिले पार्टी विभाजित गरेको आरोप लगाएका छन् ।

धनगढीमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले ओली शर्तसहित मात्रै पार्टी एकताका लागि मात्रै राजी भएको बताएका छन् ।

एकता गरेको तीन वर्ष भित्रै पार्टी विभाजित हुन पुगेको उनले बताए । तपाईलाई नै प्रधानमन्त्रीमा समर्थन गर्छु भनेर प्रस्ताव राखेपछि मात्रै ओली पार्टी एकताका लागि तयार भएको उनले बताए ।

आफ्नै समर्थनमा बनेका प्रधानमन्त्री ओलीले पार्टीलाई धोका दिएको आरोप आरोप छ । उनी अहिले खलनायकको भूमिकामा रहेको बताए ।

 


१७ माघ २०७७, शनिवार १५:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु