भारतले नेपाललाई दियो १० लाख डोज कोरोना भ्याक्सिन
भारत सरकारले नेपाललाई १० लाख कोरोना भाइरस (कोभिड–१९) विरुद्धको डोज दिने भएको छ।
स्वास्थ्य मन्त्रालयमा बुधबार गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसबारे जानकारी दिएका हुन् ।
खोप भोली काठमाडौं आइपुग्नेने उनले बताएको छ। भारतले यो खोप अनुदानमा उपलब्ध गराएको मन्त्री त्रिपाठीले जानकारी गराए।
पहिलो चरणको खोप नेपालको जनसंख्याको ३ प्रतिशतलाई लगाइनेछ। जसमा सरसफाइकर्मी, स्वास्थ्यकर्मी,एम्बुलेन्स चालक,सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिएकाहरुलाई लगाइने उनले जानकारी गराए।
७ माघ २०७७, बुधवार १४:४२ बजे प्रकाशित













