सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार पुगेको छ ।

सुन हिजो प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ४५ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ३० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


६ माघ २०७७, मंगलवार ११:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु