भारतमा कोरोना खोप अभियान : पहिलो दिन २ लाखले लगाए, केहीलाई देखियो समस्या

भारतमा कोरोनाविरुद्ध खोप अभियान शनिबारदेखि सुरु भएको छ । अभियान अन्तर्गत पहिलो दिन करिब २ लाख जनाले खोप लगाएका छन्।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार १ लाख ९१ हजार नागरिकलाई खोप दिइएको हो। तीन हजार ३५१ सत्रमार्फत कोभ्याक्सिन र कोभिसिल्ड खोप दिइएको हो।

भारतमा सञ्चालित यो खोप अभियानलाई विश्वकै ठूलो खोप अभियान भनिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयले खोप लगाएका कसैमा पनि कुनै समस्या नदेखिएको दाबी गरेको छ ।

तर दिल्लीमा खोप लिएका केही व्यक्तिमा एलर्जीको समस्या भएको घटना दर्ता भएका छन्। मिडिया रिपोर्टका अनुसार ती मानिसलाई स्थानीय प्रशासनले निगरानीमा राखेको छ।


४ माघ २०७७, आइतवार ०९:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु