punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना प्रभावित महिलालाई राहत वितरण

Chaupati
safha napa

यूएन वुमनको सहयोगमा गैरसरकारी संस्था माण्डवीले रौतहटको राजपुर नगरपालिका क्षेत्रका कोरोना प्रभावित महिलालाई राहत वितरण गरेको छ ।

कोभिड–१९ का कारण समस्यामा परेका महिला तथा विपन्न समुदायहरुलाई कृषिका माध्यमले जीविकोपार्जन गर्न सक्षम बनाउने योजना अनुरुप कार्यक्रम आयोजना गरिएको माण्डलीले जनाएको छ ।

राजपुर नगरपालिकामा रहेका झन्डै २५० जना महिला र विपन्न परिवारहरुलाई राहत वितरण गरिएको माण्डवीका निर्देशक, प्रमुख अंजु झाले बताइन् ।

विपन्न परिवारको जीवनस्तर उकास्न चरणबद्धरुपमा कार्यक्रम तयार गरिएको उनले बताइन । २५० महिलालाई कृषि श्रमिक तथा महिला कृषकको रुपमा तयार पार्ने उदेश्यका साथ तत्कालका लागि राहत सामग्री प्रदान गरिएको उनको भनाइ छ ।

राहत वितरण कार्यक्रममा २५० जनालाई चामल, दाल, खाने तेल का साथै एलपीजी ग्याँस चुल्हो १ थान र ग्याँस सिलिण्डर १ थान प्रदान गरिएको थियो ।

 


३ माघ २०७७, शनिवार १४:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु