punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसले आज देशभरका सबै पालिकाहरूमा प्रदर्शन गर्दै

Chaupati
safha napa

नेपाली कांग्रेसले आज संसद विघटनविरुद्ध देशभरका सबै स्थानीय तहमा प्रदर्शन गर्दैछ ।

पार्टीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सक्रिय सहभागिता जनाउन सबैलाई अपिल गरेका छन्।

जारी विज्ञप्तीमा सभापति देउवाले संसद विघटनको कार्यलाई काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको उल्लेख गर्दै जनभावना विपरितको कार्यविरुद्ध काँग्रेस एकमतको साथ उभिएको दाबी गरेका छन् । यसअघि काँग्रेसले प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध सभा आयोजना गरिसकेको छ।

देशभर प्रदर्शन गर्न लागे पनि कांग्रेस अझै संसद्‌ पुनस् स्थापना या चुनाव भन्नेबारे दोधारमा छ। पार्टी सभापति शेरबहादुर देउवा चुनावमा जान इच्छुक देखिएका छन्‌ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्‌ पुनस् स्थापनामा लाग्नुपर्ने अडान राखिरहेका छन्‌।


३ माघ २०७७, शनिवार ०९:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु