punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्वाचन गतिविधि बढाएपछि प्रचण्ड–नेपाल समूहमा आयोगमा

Chaupati
safha napa

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निर्वाचन आयोगमा पुगेका छन् ।

आयोगले आगामी वैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनलाई लक्षित गर्दै गतिविधि सुरु गरेपछि त्यसलाई रोक्न भन्दै दुई नेता आयोगमा पुगेका हुन् । निर्वाचन सम्बन्धी सम्पूर्ण क्रियाकलाप र गतिविधिहरूलाई रोक्न अनुरोधका लागि प्रचण्ड र नेपालको समूह निर्वाचन आयोगमा पुगेको छ।

आयोगमा नेकपाको आधिकारिक पत्र लिएर अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, लीलामणि पोखरेल, रघुजी पन्तलगायत स्थायी कमिटी सदस्य पनि पुगेका हुन्। प्रचण्ड नेपाल पक्षले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थापलियालगायत पदाधिकारीलाई भेटेर पार्टीको आधिकारिक पत्र बुझाउने बताइएको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणा भइसकेको छ। संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ।


२७ पुस २०७७, सोमवार १३:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु