punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कृषि विकास बैकको नवनिर्मित भवनको उद्घाटन

Chaupati
safha napa

कृषि विकास बैक शाखा कार्यालय धनगढीको नवनिर्मित भवन तथा लकर सेवाको उद्घाटन गरिएको छ ।

शनिवार धनगढीमा एक कार्यक्रमका बिच नवनिर्मित भवन तथा लकर सेवाको कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले दीप प्रज्वलन गरी भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्याक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले देशका सबै जिल्लामा आधुनिकीकरण सँगै सेवाहरू लाई समय अनुकूल जानुपर्ने उद्देश्यले धनगढीमा पनि लकर सहितको भवन स्थापना गरिएको जानकारी गराए ।

अरु बैकको तुलनामा कृषि र निक्षेप कताको हिसाबमा १५ लाख ग्राहकहरू रहेकोमा सेयर होलडरहरु ३ हजार जना रहेको उनले जानकारी गराए ।

केही दिनमा प्रदेश सरकार सँग समन्यन गरेर किसानहरू लाई किसान कार्ड वितरण गर्न लागि रहेको उनले बताए । किसानहरू लाई मल खात किनको लागी मोबाइल बाटै कारोबार गर्न सहज होस भन्नेर किसान कार्ड ल्याउन लागिएको उनले बताए ।

प्रदेशमा भएका कृषि बैकका भवनहरू लाई मर्मत समार गरेर सेवामा अझै चुस्त तुरुप बनाउने उनले जानकारी गराए। कृषि विकास बैक शाखा कार्यालय धनगढीका प्रबन्धक राजेन्द्र प्रसाद जोशी कार्यक्रमका सभापति रहेका थिए ।


११ पुस २०७७, शनिवार १२:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु