थप सुदूरपश्चिमका थप ४२ जनामा कोरोना पुष्टि
सुदूरपश्चिमका थप ४२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार १ सय १० जनाको नमुना परीक्षण गर्दा थप ४२ जनामा संक्रमण पुष्टि भएको हो।
कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जनामा संक्रमण देखिएको
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १० जना, वडा नम्बर ४ र ५ का ३÷३ जना, यस्तै वडा नम्बर २ र १२ का २÷२ जना, त्यस्तै वडा नम्बर ८, १५, १६ र वडा नखुलेका १÷१ जनामा संक्रमण देखिएको उनले बताए।
कैलालीकै गोदावरी नगरपालिकाका ८ जना, गोरीगंगा नगरपालिका र ठेगाना नखुलेका १÷१ जनामा समेत कोराना कोरोना भाईसर संक्रमणको पुष्टि भएको छ।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, महाकाली नगरपालिका र पुनर्वास नगरपालिकाका २÷२ जना, बेलौरी नगरपालिकाका १ जना र बाजुराको बुढीगंगा नगरपालिकाका १ जनामा पनि कोरोना भाईरस संक्रमणको पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
१७ मंसिर २०७७, बुधवार १५:३७ बजे प्रकाशित































