अजयमेरु गाउँपालिकाद्वारा १ हप्ता सेवा बन्द
कर्मचारीमा कोरोना भाईरस संक्रमणको पुष्टि भएपछि डडेल्धुराको अजयमेरु गाउँपालिका १ हप्ताका लागि सेवा बन्द गरिएको छ।
गाउँपालिकाले सूचना जारी गर्दै १ हप्ताका लागि सेवा स्थगित गरिएको हो । जारी सूचनामा १४ गते गरिएको परिक्षणमा केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मंगलबारदेखि १ हप्ता सम्म कार्यालयबाट सम्पादन गर्ने सबै कामकाज स्थगित गरिएको सुचनामा उल्लेख गरिएको छ।
१७ मंसिर २०७७, बुधवार १५:२५ बजे प्रकाशित































