मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा १ जनाको निधन

मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा १ जनाको निधन भएको छ।

जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ मा गएराति से ४ प ६५६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार बर्दोगोरीया गाउँपालीका वडा नम्बर ६ का ४६ वर्षीय रमेश बिष्टको निधन भएको हो ।

दुर्घटनामा परी घाइते भएका बिष्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी  गराए।

चालक टीकापुर नगरपालिका वडा नम्बर मा १ बस्ने टेकबहादुर बिष्ट र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।


१७ मंसिर २०७७, बुधवार १०:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु