punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकी पाठ्यक्रममा गौतम बुद्ध भारतमा जन्मिएको भनेर राखिएको गलत विवरण सच्याइयो

Chaupati
safha napa

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनेर राखिएको गलत विवरण सच्याइएको हो ।

नेपाली मुलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९ को ‘सामाजिक शिक्षा र कला तथा प्रविधि’ कक्षा ११ र १२ को ‘विश्वव्यापी इतिहास’ विषयमा भएका ‘बुद्ध वाज बर्न इन इण्डिया’ जस्ता गलत विवरण सच्याएको हो ।

समाजसेवी तथा क्विन्स कम्युनिटी वोर्ड वडा नम्बर ५ का सदस्य ज्ञानल थापाको पहलमा यस राज्यको शिक्षा विभागले त्रुटि सच्याउने निर्णय गरेको उनले बताए । समाजसेवी थापाले नेपालको राष्ट्रिय स्वाभिमान, स्वाधीनता, पहिचान, दिगो विकास र समृृद्धिका लागि जहाँ रहेर पनि सक्रिय रहने सङ्कल्प गरेका हुन् ।


१६ मंसिर २०७७, मंगलवार १२:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु