गौरीगंगामा प्रहरी बिटको स्थापना
गौरीगंगामा प्रहरी बिटको स्थापना गरिएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ११ बडौपुरमा प्रहरी बिट स्थापना गरिएको हो ।
सोमबार गौरीगङ्गा एघार स्पोर्ट्स क्लबको पहलमा गौरीगङ्गा नगरपालिकाको कार्यालय र बदैपुर बजार ब्यवस्थापन समिति सहयोगबाट निर्मित प्रहरी बिटको गौरीगङ्गा नगरपालिकाका नगर प्रमुख भिम बहादुर देउवाले उद्घाटन तथा हस्तान्तरण गरेका थिए ।
गौरीगंगा एघार स्पोर्ट्स क्लब अध्यक्ष दिनेश कलेलको सभापतित्वमा भएको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमा विशिष्ट अथितीमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख अनुपम सेमशेर राणा रहेका थिए । कार्यक्रममा कलि रक्षा गणका प्रमुख करसाब प्रदीप थापा, गौरीगङ्गा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तुला राम सापकोटा, कैलारी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष दुखी राम चौधरी, गौरीगंगा उद्योग बाणिज्य संघ अध्यक्ष राजेन्द्र देवकोटा,नगर बिकासका अध्यक्ष कृष्ण देउवा,राजनीति दलका पार्टी प्रतिनिधि,बदैपुर बजार ब्यापारी, विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि, लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
उद्घाटन तथा हस्तान्तरण कार्यक्रमको संचालन सर नर बहादुर देउवाले गरेका हुन।
१६ मंसिर २०७७, मंगलवार १२:३३ बजे प्रकाशित































