punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नक्कली नोट छाप्ने कारखाना, दुई जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा नक्कली नेपाली नोट बनाउने कारखानामा छापा हानेको छ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ महेन्द्रनगर बजारको २ नम्बर गल्लीस्थित सानु धामीको पसलमा छापा मार्दा नक्कली नोट बनाउने रितिका बम र अनुज शर्मालाई नक्कली नोटसहित प्रहरी पक्राउ गरेको हो।

पक्राउपछि प्रहरी टोलीले ती दम्पती बस्ने डेरामा खानतलासी गर्दा १ हजार दरका २ वटा नक्कली नोटसहित ल्यापटप १ थान, चार्जर १ थान, फोटोकपी मेसीन १ थान, कैची थान २ थान, किबोर्ड २ थान, माउस १ थान, विभन्न बैंकहरुको चेकबुक ३ थान, एटिएम, आइएमई कार्ड र नक्कली नोट बनाउनका लागि काटिएका ५० थान फोटोकपी पेपर बरामद गरिएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए।

आइतबार उनीहरुलाई नक्कली नोटसहित पक्राउ परेका युवकले दिएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको उनले जानकारी गराए ।

तीनै जनामाथि अदालतबाट मुद्रा सम्बन्धी कसुर मुद्धामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक क्षेत्रीले जानकारी गराए।


१५ मंसिर २०७७, सोमवार १६:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु