धनगढीमा भाटभटेनीको २३ औं शाखा शिलान्यास
कैलालीको धनगढीमा भाटभटेनीको २३ औं शाखा शिलान्यास भएको छ ।
सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा आउँदो २०७८ फागुनमा सञ्चालनमा ल्याउने उदेश्यका साथ भाटभटेनीको शाखा शिलान्यास गरिएको हो ।
भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङका अनुसार १५ कठ्ठा जमिनमा १ अर्बको लागतमा ७ तले भनव निर्माण हुने भएको छ । जसमा २ वटा मल्टीप्लेक्स सिनेमा हल, केएफसीलगायतका क्याफेसहितका संरचना बन्ने भएका छन् ।
भाटभटेनीबाट यहाँको कृषि, उद्योगमा टेवा पुुग्ने विश्वास लिइएको छ । कम्तीमा साढे २ सय जनालाई रोजगारी प्रदान गर्न सकिने सञ्चालक गुरुङले जानकारी दिएका छन।
१५ मंसिर २०७७, सोमवार १६:०५ बजे प्रकाशित













