punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा छुट्टाछुट्टै दुर्घटना हुदाँ ३ जना घाइते

Chaupati
safha napa

कैलालीमा   छुट्टाछुट्टै दुर्घटना हुदाँ ३ जना घाइते भएका छन।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको बर्दगोरिया गाउँपालिका र घोडाघोडी नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ३ जना घाइते भएका हुन ।

जिल्लाको बर्दगोरिया गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा से २प २१६४ मोटरसाइकले साइकल यात्री सोही ठाउँका ४२ वर्षीय जीवन चौधरीलार्र्र्र्इ ठक्कर दिदा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

चौधरीको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक बिष्टले जानकारी गराउदै चौधरीलाई उपचारका लागि कोहलपुर रेफर गरिएको जानकारी गराए। त्यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तरगत नै घोडाघोडी नगरपालिका वडा नम्बर १ सुख्खडका सुसिल श्रेष्ठले चलाएको से४प ७८९४ नम्बरको मोटरसाइकललाई पछाडीबाट अनटेष्ट स्कुटरले ठक्कर दिदा २ जना घाइते भएको प्रहरी नायब उपरीक्षक बिष्टले जानकारी गराए।

स्कुटर चालक अनिल सापकोटा र पछाडी सवार लालबहादुर बिक घाइतेको प्रहरी नायब उपरीक्षक बिष्टले जानकारी गराए । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले कार्यालयले जनाएका छन।


१३ मंसिर २०७७, शनिवार १२:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु