साढे २९ लाख रुपैयाँसहित १० जना जुवाडे पक्राउ

बाँकेको नेपालगन्जमा २९ लाख ४८ हजार रुपैयाँसहित १० जना जुवाडे पक्राउ परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका– ४ बसपार्कस्थित कृष्ण सुवेदीको घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई बुधबार राति नियन्त्रणमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सूचना प्राप्त भएपछि खटिएको प्रहरीले तास खेलिरहेकाहरूको साथबाट उक्त रकमसमेत बरामद गरेको जनाइएको छ । यसबारेमा थप अनुसन्धान जारी राखेको बाँके प्रहरीले जनाएको छ ।


१३ कात्तिक २०७७, बिहीवार १३:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु