धनगढीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

धनगढीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका २ कि ५७ वर्षीया महिलाको उपचारको क्रममा बिहान मृत्यु भएको हो ।

कडा खालको निमोनिया देखिएकी महिला १० गते अस्पताल भर्ना भएकी थिइन् । उनको स्वाव परीक्षण गरिएपछि १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएपछि उनलाई सोही दिन नै अस्थायी कोरोना अस्पतालमा सारिएको थियो ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । आइसियुमा भर्ना भएकी महिलाको बिहान करिब साढे ५ बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।


१३ कात्तिक २०७७, बिहीवार १३:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु