सिचाई आयोजनाका निर्देशक बिष्ट युवतीसहित पक्राउ
महेन्द्रनगरस्थित महाकाली सिंचाई आयोजना तेस्रो चरणका आयोजना निर्देशक प्रचण्डदेव बिष्ट एक युवतीसहित काठमाडौं सुन्धाराको होटलबाट पक्राउ परेका छन्।
बुधवार राति ११ बजे होटलमा छापा मार्दा बिष्ट युवतीसहित भेटिएका महानगरीय प्रहरी बृत्तका प्रमुख डिएसपी सुनिलजंग शाहले जानकारी दिए ।
सुन्धारास्थित इसन होटलमा राति होहल्ला भैरहेको गुनासो स्थानीयले प्रहरीलाई गरेपछि जनसेवाको टोली त्यहाँ पुगेको थियो।
डिएसपी शाहका अनुसार उनी युवतीसहित मदिरा सेवन गरी लठ्ठ भएको अवस्थामा भेटिएका थिए । उनको साथबाट ११ लाख रुपैयाँ पनि फेला परेको छ । तर उनले त्यो रकम डिजीलगायतलाई दिन ल्याएको बताएका छन् ।
अश्वभाविक रुपमा ठूलो रकम फेला पारेपछि प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खबर गरेको थियो। आयोगको टोलीले ११ लाख रुपैयासहित बिष्ट र युवतीलाई नियन्त्रणमा लिएको थियो। युवतीलाई बिहीवार बिहान छाडेपनि बिष्टलाई भने अख्तियारको हिरासतमा राखेको छ।
८ असोज २०७७, बिहीवार १८:५६ बजे प्रकाशित













