शिक्षा पत्रकार समाज सुदूरपश्चिम संयोजकमा रावल
शिक्षा पत्रकार समाज सुदूरपश्चिम प्रदेश संयोजकमा वीरेन्द्र रावल चयन भएका छन् ।
समाजले असोज ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत् मान्यता पाएसंगै गठन भएको समाजको केन्द्रीय अध्यमा प्रकाश सिलवाल छन् ।
समाजका उपाध्यक्षमा देवी सापकोटा, महासचिवमा शेषकान्त पण्डित, सचिवमा मतिना त्वनावासु र कोषाध्यक्ष श्याम तण्डुकार रहेका छन्।
यस्तै सदस्यमा यशोदा अधिकारी, बालमुकुन्द आचार्य, सुनिल आचार्य, सुरेश यादव, विद्या राई र शर्मिला विश्वकर्मा रहेका छन्।
यस्तै सात प्रदेश संयोजकमा क्रमशः सुशीला पाठक, सुरेश यादव, वसन्त पराजुली, केशव पाठक, कास्की, अमृता अनमोल, नवराज महतारा र वीरेन्द्र रावल रहेका छन्।
शिक्षा र सामाजिक विकासका क्षेत्रमा अध्ययन, अनुसन्धान, प्रकाशन, प्रसारण, बहस तथा पैरवीसहित सबै तहमा गुणस्तरीय शिक्षा, जीवनपर्यन्त सिकाइकोे विकास एवं विस्तारका लागि आमसञ्चार तथा पत्रकारिताको उच्चतम सदुपयोग गर्दै छापा, रेडियो, टेलिभिजन, अनलाइनलगायत सञ्चारमाध्यममा शिक्षा विधामा कार्यरत पत्रकारको अधिकार संरक्षण तथा क्षमता अभिवृद्धिसमेत गर्न पत्रकारको सहभागितामा सङ्घीयस्तरको समाज गठन गरिएको अध्यक्ष सिलवालले बताए।
९ असोज २०७७, शुक्रवार ०७:५० बजे प्रकाशित













