punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा कोरोनाबाट ९० हजार बढीको मृत्यु, दैनिक १ हजार बढीले गुमाउँछन ज्यान

Chaupati
safha napa

भारतमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार २१ पुगेको छ। मंगलबार एकैदिन एक हजार ५६ जनाको मृत्यु भयो।

१ सेप्टेम्बर यता भारतमा हरेक दिन हजारभन्दा बढीको मृत्यु भएको छ। सेप्टेम्बरमा मात्र करीब २५ हजारको मृत्यु भइसकेको छ।

भारतमा अहिलेसम्म ५६ लाख ४० हजारभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये ४५ लाख ८१ हजार ८२० जना निको भएका छन्।

अहिले उपचाररत संक्रमितको संख्या नौ लाख ७६ हजार ४२० छ। यसअघि १० लाखभन्दा बढी सक्रिय संक्रमित थिए। पछिल्लोपटक निको हुनेको संख्या बढेको छ। त्यहाँ सोमबार एकैदिन एक लाखभन्दा बढी निको भएका थिए।

भारत धेरै कोरोनाभाइरस संक्रमित हुने देशहरुको सूचीको दोस्रो नम्बरमा छ। सबैभन्दा बढी अमेरिकामा ७० लाख ९७ हजार संक्रमित फेला परेका छन्।

धेरै मृत्यु हुनेको सूचीमा भने भारत तेस्रो नम्बरमा छ। अहिलेसम्म अमेरिकामा दुई लाख पाँच हजार ४७१ र ब्राजिलमा एक लाख ३८ हजार १५९ जनाको मृत्यु भएको छ।

 


७ असोज २०७७, बुधवार ०८:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु