राति माछा चोरी गर्न खोज्दा करेन्ट लागेर दुई युवाको मृत्यु

चितवनमा माछापोखरीमा राति माछा चोरी गर्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–८ का अन्दाजी ३५ वर्षीय नवराज दराई र अन्दाजी ३५ वर्षकै निर बहादुर रानामगर रहेका छन् ।

स्थानीय चूडामणि शर्मालगायतले भरतपुर ८ सल्यानी टोलमा सञ्चालन गरेको माछापोखरीको डिलमा राखिएको तारमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक ९डिएसपी० सूर्य थापाले बताए ।

मृतकहरुको साथमा जालसमेत भेटिएकाले उनीहरू माछा चोर्न गएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

माछापोखरीमा दैनिक माछा चोरी भएपछि माछापोखरीको डिलमा राखिएको तारमा रातको समयमा करेन्ट छाड्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


१५ भदौ २०७७, सोमवार ११:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु