punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा ५ दिन थपियो निषेधाज्ञा

Chaupati
safha napa

कैलालीमा जारी निषेधाज्ञालाई भदौ १९ गतेसम्म निरन्तरता दिने निर्णय भएको छ। शुक्रवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा लम्ब्याउन गरेको सिफारिसका आधारमा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले १९ गतेसम्म जारी राख्ने निर्णय गरेका हुन्।

यसअघि कोभिड १९ महामारीको जोखिम न्यूनीकरणका लागि भदौ ४ गते मध्यरातिदेखि १४ गते मध्यरातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो।

अहिले समुदायमा समेत कोरोना संक्रमण बढ्दै गएको अवस्थामा स्थानीय संक्रमित बढ्दै गएका छन्। त्यसैले धनगढीसहित जिल्लाभरी जारी निषेधाज्ञाले यसको रोकथाम र नियन्त्रणमा सकारात्मक प्रभाव पारेकोले निषेधाज्ञा अवधि थप गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ।

 


१३ भदौ २०७७, शनिवार १६:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु