कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० जार ५ सय ५५ पुगेको छ।हाल सक्रिय संक्रमित १६ हजार ५ सय ७८ रहेको छ।
पछिल्लो २४ घण्टामा १० हजार ९ सय ७१ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म ६ लाख ६९ हजार ६२६ पीसीआर परीक्षण भएको छ।
१३ भदौ २०७७, शनिवार १७:०० बजे प्रकाशित













