punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारको गलत नीतिका कारण कोरोना फैलियो–डा. महत

Chaupati
safha napa

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले सरकारको गलत नीतिका कारण कोरोना भाइरसको संक्रमण बढेको आरोप लगाएका छन् । बुधबार प्रेस नोट जारी गर्दै कांग्रेस सहमहामन्त्री तथा कोभिड–१९ अनुगमन समितिका संयोजक डा. महतले त्यस्तो आरोप लगाएका हुन् ।
सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना संक्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असरहरुलाई कम गर्न कुनै ठोस योजना ल्याउन नसकेको उनको भनाइ छ ।

बुधबार जारी गरिएको प्रेस नोटमा भनिएको छ–‘नेपाली कांग्रेसद्वारा गठित कोभिड—१९ अनुगमन समितिको तर्फबाट देशभरिको अवस्थाको निरन्तर अनुगमनका आधारमा प्राप्त निष्कर्षहरु सार्वजनिक गर्ने र सरकारको ध्यानाकर्षण गर्ने काम निरन्तर रुपमा गर्दै आएको छ ।
यसका वावजुद सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना संक्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असरहरुलाई कम गर्न कुनै ठोस योजना ल्याउन सकेको छैन ।
आज सरकारकै अकर्मण्यता र संवेदनहीनताका कारण संक्रमण नियन्त्रण भन्दा बाहिर जाँदैछ र नागरिक जीवन अत्यन्त संकटमा छ । यस अवस्थामा फेरि पनि हामी तत्कालै गर्नु पर्ने केही कामहरुका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

 


१० भदौ २०७७, बुधवार १५:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु