थप ४ सय ६४ जनामा कोरोना संक्रमण
काठमाडौं, साउन २३ । नेपालमा आज थप ४ सय ६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा जम्मा ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।
२३ साउन २०७७, शुक्रवार ११:४१ बजे प्रकाशित













