punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय टेलिभिजनका अर्का अभिनेता पनि मृत फेला, आफ्नै घरमा भेटियो शव

Chaupati
safha napa

एजेन्सी
भारतीय टेलिभिजनका अर्का अभिनेता समीर शर्मा पनि मृत भेटिएका छन्। अभिनेता शर्माको शव उनको मुम्बईस्थित घरमा भेटिएको हो। उनले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ।

४४ वर्षीय शर्माले ‘क्यों कि सास भी कभी बहू थी,’ ‘कहानी घर–घर की’ र ‘ये रिश्ते है प्यार के’ जस्ता टेलिसिरियलमा काम गरेका थिए। बुधबार राति आफ्ने फल्याटमा शर्माको शव भेटिएको थियो।

घटनास्थलमा कुनै सुसाइड नोट भेटिएको छैन। प्रहरीले शव भेटिनु दुई दिनअघि नै उनले आत्महत्या गरेको आशंका गरेको छ।

बेंगलुरुबाट मुम्बई आएपछि सन् २००३ देखि उनले अभिनय यात्रा सुरु गरेका थिए। २००४ मै उनले ‘दिल क्या चाहता है’, मा काम गरेका थिए भने त्यसपछि एकता कपुरको ‘कहानी घर घर की’ मा काम गरेका थिए।


२३ साउन २०७७, शुक्रवार ०२:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु