सुनको मूल्य एक लाख नाघ्यो

काठमाडौं, साउन २१ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मुल्य एकैदिन १६ सय रुपैयाँले बढेर एतिहासिक रेकर्ड कायम गरेको हो ।

मगंलबार छापावाला सुन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको थियो भने आज बुधबार १ लाख १ हजार ४  सयमा पुगेर हाल सम्मकै उच्च बिन्दुमा रहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।

महासंघकाअनुसार आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।


२१ साउन २०७७, बुधवार ०५:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु