चीनमा फेरि फैलिदै कोरोना

बेइजिङ, साउन २१ । चीनमा कोराना भाइरस फेरि फैलिदै गएको छ । हिजो मात्रै थप २७ संक्रमित भेटिएका छन्।

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार अनुसार संक्रमितमध्ये ५ जना बाहिरबाट आएका हुन्। बाँकी २२ जना सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रका रहेका छन्।

यसैगरी मंगलबार १७ कोरोनाका बिरामी डिस्चार्ज हुँदा कुनै पनि मृत्यु नभएको आयोगले जनाएको छ।

हालसम्म चीनमा ८४ हजार ४९१ संक्रमित हुँदा ७९ हजार ४७ जना निको भइसकेका छन्। साथै ४ हजार ६३४ जनाको ज्यान गएको छ।


२१ साउन २०७७, बुधवार ०३:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु