कोरोना संक्रमणबाट एकैदिन यति धेरैको मृत्यु, कति पुग्यो विश्वभर मृतकको संख्या ?
धनगढी, साउन २ । विश्वभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण साढे ५ हजारको ज्यान गएको छ ।
यो अवधीमा ५ हजार ५७९ संक्रमितको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ५ लाख ८० हजार ४५ को ज्यान गइसकेको छ । संक्रमितको संख्या एक करोड ३३ लाख ७८ हजार ८५३ पुगेको छ ।
कोरोना संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । त्यसपछि क्रमश: ब्राजिल र भारतमा संक्रमण फैलिएको छ ।
२ साउन २०७७, शुक्रवार ०१:०० बजे प्रकाशित































