विप्लवका सेती–महाकाली इन्चार्ज पुनको साथबाट पेस्तोल बरामद
धनगढी, असार ३१ । आज विहान कैलालीको धनगढीबाट पक्रmाउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सेती–महाकाली इन्चार्जको साथबाट कटुवा पेस्तोल बरामद भएको छ ।
बिहान ७ बजेको समयमा गोप्य सूचनाको आधारमा प्रहरीले पेस्तोलसहित पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) सेती महाकाली व्युरो ईन्चार्ज गौरा धामीलाई धनगढीबाट पक्राउ गरेको थियो ।
पक्राउपछि खानतलासी गर्दा झोलामा कपडामा लुकाईराखेको अवस्थामा गोलीसहित पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
३१ असार २०७७, बुधवार ०७:१६ बजे प्रकाशित













